time

नेपालको समय

Tuesday, August 28, 2007

यादमा कसैको.....


तिमी मेरो संसार हौ ।
तिम्रो त्यो सुकोमल तस्बिरमा मेरो मन भासिदैछ ।
तिमी हिंड्ने गोरेटो भरी मेरो आखाँ पछ्याई रहेछन ।
दुई दिलको धड्कन सँगै सुन्यता बोलिरहेछ ।
तिम्रो आकृति को छायाँ म संगै सुतिरहेछ ।
प्रियतम म तिमीमा सहमत भैरहेछु ।
म नै तिमी तिमी नै म बनिरहेछु ।
यि शब्दहरु मलाई कसैले दिनु भएको हो। शब्दहरु हेर्दा उहाँले कसैको यादमा डुबेर,तस्विर हेर्दै कोर्नु भएको भन्न सकिन्छ ।कसको होला त तस्बिर........ ?भन्ने कुरा राख्दा छ कोहि भन्दै web cam बाट एउटा तस्बिर देखाउनु भएको थियो । हुना त यो शब्दहरु पनि ब्लगमा नहाल्नु भन्नु भएको थियो। तर यति राम्रा शब्दहरु लुकाउन् सकिन । अब हजुर् सँग भेट् हुन्छ कि हुन्न भन्न सकिन्न । अवश्य् पनि ब्लग हेर्नु हुन्छ होला । अन्जानमा म बाट केही गल्ति भएमा माफी ।।।।।।।
हजुर को मित्र
arjun
[हजुर, माथिको फ्रेममा तस्बिर राखिएको छैन।]