time

नेपालको समय

Thursday, August 30, 2007

हजुरको यादमा


टाढिएका साथीहरु भेट्न पाए हुन्थ्यो ।
टुक्रिएका शब्दहरु जोडन पाए हुन्थ्यो ।।
हजुर नहुदा दिन् र रात् लाग्छ एकै जस्तो छ ।
भन्न नपाएका शब्दहरु मुटु भरि भरि छ ।।
यहि शब्दहरु हजुर् सँग भन्न पाए हुन्थ्यो ।
मुटुमा लागेका घाउहरु भर्न पाए हुन्थ्यो ।।
अतितका सुनौला दिन लाग्छ अझै आलै छ ।
हजुरको यादमा जल्दा जल्दै ।।
खरानी हुन मात्र बाँकी छ ।।।
खरानीहुनु भन्दा अघि भेट्न पाए हुन्थ्यो ।
मुटुमा लागेका घाउहरु भर्न् पाए हुन्थ्यो ।।
टाढिएका साथीहरु भेटन पाए हुन्थ्यो ।।।
arjun

Wednesday, August 29, 2007

गाह्रो भो


चोट लाग्यो मुटुमा दुखाई सहन गाह्रो भो।
छाती भरी पीर बोकि पाईला चाल्न गाह्रो भो ।
आखाँ भरी आशु लीई दुनिया सामु हास्नु छ ।
आफ्नो जिवन आफै लाई जिउन गाह्रो भो ।
चोट लाग्यो मुटुमा दुखाई सहन गाह्रो भो।

सुजा लिम्बु

Tuesday, August 28, 2007

यादमा कसैको.....


तिमी मेरो संसार हौ ।
तिम्रो त्यो सुकोमल तस्बिरमा मेरो मन भासिदैछ ।
तिमी हिंड्ने गोरेटो भरी मेरो आखाँ पछ्याई रहेछन ।
दुई दिलको धड्कन सँगै सुन्यता बोलिरहेछ ।
तिम्रो आकृति को छायाँ म संगै सुतिरहेछ ।
प्रियतम म तिमीमा सहमत भैरहेछु ।
म नै तिमी तिमी नै म बनिरहेछु ।
यि शब्दहरु मलाई कसैले दिनु भएको हो। शब्दहरु हेर्दा उहाँले कसैको यादमा डुबेर,तस्विर हेर्दै कोर्नु भएको भन्न सकिन्छ ।कसको होला त तस्बिर........ ?भन्ने कुरा राख्दा छ कोहि भन्दै web cam बाट एउटा तस्बिर देखाउनु भएको थियो । हुना त यो शब्दहरु पनि ब्लगमा नहाल्नु भन्नु भएको थियो। तर यति राम्रा शब्दहरु लुकाउन् सकिन । अब हजुर् सँग भेट् हुन्छ कि हुन्न भन्न सकिन्न । अवश्य् पनि ब्लग हेर्नु हुन्छ होला । अन्जानमा म बाट केही गल्ति भएमा माफी ।।।।।।।
हजुर को मित्र
arjun
[हजुर, माथिको फ्रेममा तस्बिर राखिएको छैन।]

Monday, August 27, 2007

मायामा तिम्रो


भेटेर तिमि सँग धेरै कुरा गर्नु छ ।
तिमिमै हराउनु,तिम्रो मायामा डुब्नु छ ।।
चाहना त धेरै छन् भनु म कसरी ।
तिमि सामु मेरा ईच्छा राखु म कसरी ।।
देखी सकेछु सपना पुरा हुने हो कि हैन् ।
थाहाँ छैन तिम्रो जिवनमा अरु कोहि छ कि छैन ।।
लाग्छ तिमिले बुझ्ने छौ मेरो नजर् को ईशारा ।
सायद तिमिले दिने छौ जिवनभरि सहारा ।।
arjun

Sunday, August 26, 2007

के दिने छौ साथ ?


रातकी रानी बनी तिमि चाडै आईदेउ ।
मेरो यो शरिरलाई सुगन्धित बनाईदेउ ।।
रातको अध्यारोलाई उज्यालो पार्न चाहन्छु ।
पूरा रात तिम्रो शरिर चुम्न चाहन्छु ।।
कहिले आउला त्यो रात ।
जब हुनेछ मेरो हातमा तिम्रो हात ।।
हरेक रात बित्छ मनमा लिएर यहि आस ।
कुनै न कुनै रातमा पक्कै पाउने छु तिम्रो साथ ।।
चाडै आउने छ त्यो रात मनमा छ आस ।
यो जिवन भरि तिम्रो केवल तिम्रो हुनेछ प्यास ।।
के चाडै नै आउने छ त्यो रात ?
के तिमि दिनेछौ रात भरि नै मेरो साथ ?
अर्जुन

Saturday, August 25, 2007

भुलाउन तिम्रो याद


जब् दिन ढल्दै जान्छ
आउन थाल्छ तिम्रो याद
थाहा छ म पाउने छैन
कहिले नि तिम्रो साथ
बाध्ये भै लिने गर्छु
म अरु कसैको साथ
जब हुन्छ उ मेरो पास
चढ्दै जान्छ म मा मात
जब चढ्छ पुरा मात
हराउदै जाने छ तिम्रो याद
हरेक रात भुलाउन तिम्रो याद
लिने गर्छु म उसैको साथ
arjun

तिर्खा


...........तिमिलाई के थाहाँ
म यहाँ कसरी बाँचेको छु
तिम्रो यादमा हर रात
सिरानि चेपेरा काँटेको छु
यादमा त सधै आउछौ तिमि
सपनिमा पनि आईदेउ
तिर्खाएको तिम्रो प्यासीलाई
पानी पानी बनाईदेउ
arjun

Friday, August 24, 2007

अधुरो प्रेम


चाहना हैन् तिमिलाई एक्लो बनाउने ।
सजिएकी बेहुलीलाई आँशुले भिजाउने।।
पाईन जीवन् सँगै बिताउन।
सकिन तिम्रो मनमा अटाउन।।
नरुनु तिमि मलाई सम्झेर।
बिर्सिदिनु नराम्रो सपना ठानेर।।
के सक्थे र बाँच्न तिमिलाई छोडेर्।
कस्ले पो सक्छ र काललाई टारेर्।।
पर्ने छैन् अब म तिम्रो छेउ ।
बिर्सिदेउ मलाई,त्यो मन कसैलाई देउ ।।
अर्जुन तिमील्सिना

Thursday, August 23, 2007

तिमीलाई

suja limbu

धेरै-धेरै माया गर्छु म तिमीलाई।
म भन्दा नि धेरै चाहन्छु म तिमीलाई ।।
यो मेरो सारा जीवन तिम्रै नाममा सुम्पी दिन्छु ।।।

सजाएरा राखेकी छु तिमीलाई ।
आखाँको नानीमा कसैले नदेख् ने गरी ।।
लुकाएर राखेकी छु तिमीलाई ।
मेरो ह्र्दय् को पाना-पानामा कहिल्यै नमेटिने गरी ।।
आसमा अल्झिरहेछु म ।
तिमी जाँहा भएता पनि ।।

अन्तिम श्वास सम्म पनि तिमै नाम् लिनेछु म ।
आखाँ बन्द हुनुन्जेल् तिम्रै बाटो हेर्ने छु म ।। suja

Wednesday, August 22, 2007

.......लाई सन्देश



सितल् छहारी बनीदेउ तिमी।
बाटोमा हिड्ने वटुवाको लागी।।
प्रेमको सागर बनीदेउ तिमि।
म जस्तो दु:खी असहायको लागी।।
के दिउ उपहार तिमिलाई।
माया त मिलनमै दिसकेछु।।
मुटु भित्र छन् यादहरु।
कागजमा पठाउ कसरी।।
आँसू भित्र बहेको सम्झंना।
टाढा बाट म देखाउ कसरी।।
सुजा

चाहना


बादलसरी तिम्रो माया आकाशमा छाईदिए ।
हावा बनी चूम्ने थिए तिम्रो हुकुम पाईदिए ।।
न्याउरीले पिरतीको भाका फेरे सरी ।
मयूर झै नाच्ने थिए एउटा गीत् गाइदिए ।
तिमी भित्र जवानीका राम्रा फूल् फूलिसके ।।
एउटा माला गास्ने थिए यो गलामा लगाईदिए ।
खुट्टा मेरा थाकिसके यो धर्तिमा हिड्दा हिडदै ।।
कम्मर कसी उठ्ने थिए तिमीले बाँच्ने आसदिए ।
जीवन् साथी माँग्ने थिए साँचो कसम् खाईदिए ।।
मेरो दिलको असमान् भित्र तिमी सधै हाँसिदिए ।
तिमीलाई भनि शहर् बाट श्रगांर् समान् किनी आए ।।
सिन्दूर पोते सजाई बस्थे वेहुली बनी आई दिए ।।।।
jhabindra(nanu)palpali
Doha,qatar

Monday, August 20, 2007

रचना


काडा बनि बिज्नेहरुलाई
फूल् बनि स्वागत् गरिदिन्छु
माया गरि धोका दिनेहरुलाई
मुस्कान् छाडेरा बिदाई गरिदिन्छु

सुजा लिम्बु

Monday, August 6, 2007

Saturday, August 4, 2007

अभाव


कसरी बाँचेकी छौ प्रिय ?????
तिमी म सँग टाढा भएर
म त यो बिरानो ठाँउमा
एक्लै जलिरहेछु,जलिरहेछु
एक्लो पनमा मरिरहेछु
न त तिमि लाई भेट्न सक्छु
न त एक्लै बस्न सक्छु
के गरु प्रिय म के गरु???
कति दिन काटु जलि जलि
कति दिन बाँचू मरिमरि
हरेक दिन तिम्रो यादमा आखाँ भरिएक छन्
हरेक रात तिम्रो अभावले छट्पटिमा बितेका छन्
कसरी बाँचेकी छौ प्रिय
तिमी म सँग टाढा भएर
म त यहाँ एक्लो पनमा
पलपल जलिरहेछु,जलिरहेछु
हरक्षण मरिरहेछु,मरिरहेछु

Friday, August 3, 2007

me in video

Thursday, August 2, 2007

बिश्वकै सबै भन्दा मोटोमान्छे


बिश्वकै सबै भन्दा मोटोमान्छे
मेक्सिको का ४१ उमेर्
भएका म्यानुयल उरिब नामक
यूवक ५६० किलो ग्राम तैल
भएका हुनालेबिश्वकै सबै भन्दा
मोटो मान्छेकोरुपमा गिनिज बुक
अफ रेकड्मा नामजर्ता हुने भएको छ।

in love


तिम्रो याद् मा जल्दा जल्दै ।
अतित् का सम्झनाले निभेको छु ।।
दिन् दिनै मर्दा मर्दै ।
तिम्रो मायाको सहाराले बाँचेको छु ।।
कहिले आ उलान् ति दिनहरु ।
कहिले आ उलान् ति रातहरु ।।
हरेक् कदम् कदममा ।
समाउना पाउनेछु तिम्रा हातहरु ।।
वाँचा छ है प्रिय मेरो ।
फेरि यस्तो दोहोरिने छैन ।।
समाएका तिम्रा हातहरु ।
कहिले पनि छोड्ने छैन ।।
हरेक् कदम् तिमि बिना।
कहिले अगाडी बढाउने छैन ।।