time

नेपालको समय

Friday, August 24, 2007

अधुरो प्रेम


चाहना हैन् तिमिलाई एक्लो बनाउने ।
सजिएकी बेहुलीलाई आँशुले भिजाउने।।
पाईन जीवन् सँगै बिताउन।
सकिन तिम्रो मनमा अटाउन।।
नरुनु तिमि मलाई सम्झेर।
बिर्सिदिनु नराम्रो सपना ठानेर।।
के सक्थे र बाँच्न तिमिलाई छोडेर्।
कस्ले पो सक्छ र काललाई टारेर्।।
पर्ने छैन् अब म तिम्रो छेउ ।
बिर्सिदेउ मलाई,त्यो मन कसैलाई देउ ।।
अर्जुन तिमील्सिना