time

नेपालको समय

Saturday, August 4, 2007

अभाव


कसरी बाँचेकी छौ प्रिय ?????
तिमी म सँग टाढा भएर
म त यो बिरानो ठाँउमा
एक्लै जलिरहेछु,जलिरहेछु
एक्लो पनमा मरिरहेछु
न त तिमि लाई भेट्न सक्छु
न त एक्लै बस्न सक्छु
के गरु प्रिय म के गरु???
कति दिन काटु जलि जलि
कति दिन बाँचू मरिमरि
हरेक दिन तिम्रो यादमा आखाँ भरिएक छन्
हरेक रात तिम्रो अभावले छट्पटिमा बितेका छन्
कसरी बाँचेकी छौ प्रिय
तिमी म सँग टाढा भएर
म त यहाँ एक्लो पनमा
पलपल जलिरहेछु,जलिरहेछु
हरक्षण मरिरहेछु,मरिरहेछु