time

नेपालको समय

Tuesday, May 5, 2009

चरितचर्चा





चरितचर्चा



"जान्नँ भनिहाल्न हुँदैन ।" सुजाताजीले भन्नुभो, "त्यसो भन्यो भने पछि अप्ठ्यारो हुन्छ ।""तपाईंलाई अप्ठ्यारो भएको छ ?" पत्रकारले सोधे, "लु भन्नूस्, कसरी अप्ठ्यारो भयो ?""भएन त ।" सुजाताजीले सम्झनुभो, "म जर्मनीमा हुँदा नेपाल जान्नँ भनेँ ।" थप्नुभो, "पछि आउनुपर्दा नोवर्ट जोस् टसँग झगडै पर्‍यो ।""को नोवर्ट जोस् ट ?" पत्रकारले सोधे, "मैले चिनिनँ ।""मेरा श्रीमान् ।" सुजाताजीले भन्नुभो, "जर्मनीमा बस् नुहुन्छ ।""श्रीमान् जर्मनीमा !" पत्रकारले विस् िमत् भएर सोधे, "तपाइर्ं किन यहाँ त !""देशका लागि ।" सुजाताजीले भन्नुभो, "मैले देशका लागि श्रीमान् छाडिदिएँ ।""कत्रो त्याग !" पत्रकारले प्रशंसा गरे, "यस् ता उदाहरण कम पाइन्छन् ।""म त्यस् तै छु ।" सुजाताजीले भन्नुभो, "म अरूजस् ती छैन ।""अरूले सरकारमा जानु हुँदैन भने ।" पत्रकारले भने, "तपाईंले चाहिँ सरकारमा जानुपर्छ भन्नुभो ।" सोधे, "सरकारमा किन जाने ?""सरकारमा नगएर कहाँ जाने ?" सुजाताजीले पत्रकारलाई उल्टै सोध्नुभो, "जर्मनी र्फकने ?" उहाँले आफ्नो नाक विशेष प्रकारले खुम्च्याउँदै भन्नुभो, "इस् फर्किन्छु । ""सरकारमा जाने निर्णय पार्टीले गर्ने होइन ?" पत्रकारले भने, "पार्टीले त नजाने निर्णय गर्‍यो त ।""कहाँ जाने कहाँ नजाने भनेर पार्टीले थोडै भन्ने हो ।" सुजाताजीले भन्नुभो, "यो त कुनै प्रजातान्त्रिक कुरो भएन ।""कसले भन्ने हो त ?" पत्रकारले प्रश्न गरे, "सरकारमा जाने/नजानेबारे पार्टीले नै भन्ने होइन ?""होइन ।" सुजाताजीले भन्नुभो, "कहाँ जाने, कहाँ नजाने भन्नुपरे सानोबुबाले भन्ने हो ।""को सानोबुबा ?" पत्रकारले सोधे, "म उहाँलाई पनि चिन्दिनँ ।""कस् तो अनाडी हुनुहुँदो रहेछ ।" सुजाताजी मुस् कुराउनुभो, "सभापतिजीलाई म सानोबुबा भन्छु ।""पार्टीले सरकारमा नजाने भनेपछि सभापतिजीले जानुपर्छ भन्नुहोला त ?" पत्रकारले पुनःप्रश्न गरे, "यो कसरी सम्भव छ ?""अहिले हामीले पार्टीबाट माथि उठेर निर्णय गर्नुपर्छ ।" सुजाताजीले प्रस् ट पार्नुभो, "सानोबुबा सधँै पार्टीभन्दा माथिबाट निर्णय गर्नुहुन्छ ।""यसले पार्टीलाई तल पार्दैन ?" पत्रकारले आफ्नो जिरह छाडेनन्, "पार्टीचाहिँ तल पर्दै गयो भने समस् या हुँदैन ?""योचाहिँ सानोबुबाको अग्लाइको कारणले हो ।" सुजाताजीले भन्नुभो, "जति गरे पनि सभापतिजी पार्टीभन्दा अग्लै देखिनुहुन्छ ।""त्यही भएर उहाँ बसेर बोल्न थाल्नुभएको हो ?" पत्रकारले भने, "उहाँले बसेर बोल्न थाल्नुभएपछि पार्टी पनि थचक्कै बसेको छ ।""अब सानोबुबाले सुतेर बोल्न बाँकी छ ।" सुजाताजीले भन्नुभो, "त्यसपछि पार्टी पनि लम्पसार पर्ने होला ।""यो त राम्राे भएन ।" पत्रकारले चिन्ता प्रकट गरे, "दलीय व्यवस् था जोगाउन पनि पार्टी त चलाउनैपर्छ ।""किन चलाउने ?" सुजाताजी रसिाउनुभो, "पार्टी मात्र चलाएर हुन्छ, घर चलाउनुपर्दैन ?""यो त गजबको कुरा भन्नुभयो ।" पत्रकारले भने, "सभापतिजी त पार्टी भनेपछि मरहित्ते गर्नुहुन्थ्यो ।""पहिलेको कुरो बेग्लै हो ।" सुजाताजीले भन्नुभो, "पहिले घर-परविार नभएका बेला त्यस् तै गर्नुहुन्थ्यो ।""उहाँको घर-परविार थिएन र ?" पत्रकारले जिज्ञासा राखे, "मैले कुरो बुझिनँ ।""कहाँ थियो त ?" सुजाताजीले भन्नुभो, "म जर्मनीमै थिएँ, सानोबुबा यता एक्लै हुनुहुन्थ्यो । सुजाताजी भन्दै जानुभो, अब त्यस् तो हाइसञ्चो छैन बाबै, मेरासमेत नाति-नातिना भइसके, सानोबुबाले पार्टी मात्र हेरेर हुँदैन, तिनलाई पनि हेर्नुपर्छ ।""त्यही भएर सरकारमा जाने हो ?" पत्रकारले भने, "कुरो बुझेँ ।""रामचन्द्रजीहरू सरकारमा नजाने भन्छन् । " सुजाताजी जंगिनुभो, "उनीहरू सरकारमा नगए घरै बस् लान् ।" थप्नुभो, "मेरो त नेपालमा घरसमेत छैन ।" "सरकारमा को जाने ?" पत्रकारले सोधे, "पार्टीबाट कसले प्रतिनिधित्व गर्छ ?""म जाने ।" सुजाताजीले भन्नुभो, "कुनै शंका ?""किन तपाईं नै ?" पत्रकारले सोधे, "अरू किन होइन ?""किनभने, पार्टीका अरू सबैको नेपालमा घर छ ।" सुजाताजीले भन्नुभो, "घर हुनेहरू घरमा बस् छन्, म घर नहुनेचाहिँ सरकारमा गएर बस् छु ।" "अब सरकारमा गएर के गर्ने ?" पत्रकारले सोधे ।"क्रान्ति गर्ने ।" सुजाताजीले भन्नुभो, "देशलाई क्रान्तिको आवश्यकता छ ।""कति क्रान्ति गर्ने ?" पत्रकारले गुनासो गरे, "हैरान भइसकियो ।""राजनीतिक क्रान्ति भनेको हो त," सुजाताजीले भन्नुभो, "आर्थिक क्रान्ति गर्ने भनेको पो त !""तपाइर्" आर्थिक क्रान्ति गर्नुहुन्छ र ?" पत्रकारले सोधे, "तपाईंहरूका पार्टीमा आथ्ािर्क क्रान्ति गर्ने जिम्मा रामशरण महत, महेश आचार्यहरूलाई दिएको होइन ?""तपाईंलाई यस् तो झूटा कुरा कसले भन्यो  ?" सुजाताजी रसिाउनुभो, "मैलेजति आर्थिक क्रान्ति तिनले गर्न सक्छन् ?" थप्नुभो, "सानोबुबा प्रधानमन्त्री भएका बेलादेखि मैले कति गरेँ कति !""हो र ?" पत्रकारले सोधे, "आरजु देउवाले पनि निकै क्रान्ति गर्नुभयो रे हो ?""गर्नुभयो होला ।" सुजाताजीले भन्नुभो, "शेरबहादुरजीको टाइममा उहाँले पनि गर्नुभो ।" "तत्कालको तपाईंको कार्यक्रम के छ ?" पत्रकारले सोधे, "सरकारमा गएर पहिलो के गर्ने ?" "खाने ।" सुजाताजीले भन्नु भो, "खायो भने स् वास् थ्य राम्राे हुन्छ, स् वास् थ्य राम्राे भएपछि क्रान्ति गर्न सजिलो हुन्छ ।" साेध्नुभो, "अलि-अलि तपाईं पनि खानुहुन्छ ?"