time

नेपालको समय

Tuesday, May 5, 2009

प्रधानमन्त्रीको राजीनामा स्विकृत



प्रधानमन्त्रीको राजीनामा स्विकृत



काठमाडौं, वैशाख २१ - प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति डा।रामबरण यादव समक्ष अपरान्ह दिएको राजीनामा स्विकृत भएको छ ।
प्रधानमन्त्री दाहालले दिएको राजीनामा सोमबारनै राष्ट्रपतिले स्विकृत गरेका हुन् । राष्ट्रपति कार्यालयले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि यही मन्त्रिपरिषद्ले कार्य संचालन गरिरहने जनाएको छ ।
देशवासीको नाममा सम्वोधन मार्फत राजीनामा घोषणा गरे लगत्तै राष्ट्रपति कार्यालय शितल निवास पुगेर प्रधानमन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्री र राष्ट्रपतिबीच राजीनामापत्र हस्तान्तरणसँगै १० मिनेट कुराकानी भएको थियो ।