time

नेपालको समय

Tuesday, May 5, 2009

प्रधानमन्त्रीलाई राजिनामा गर्न काँग्रेसको आग्रह

प्रधानमन्त्रीलाई राजिनामा गर्न काँग्रेसको आग्रह


काठमाडौं, वैशाख २१ - नेपाली काँग्रेसले सरकार अल्पमतमा परेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजिनामा दिन आग्रह गरेको छ । सेनापतिलाई कारबाही गर्ने निर्णयपछि अन्य सत्ता साझेदार दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि सरकार अल्पमतमा परेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले नयाँ सत्ता समिकरणको बाटो प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । त्यस्तै राष्ट्रपति डा.रामवरण यादवले सरकारको गलत निर्णयलाई सच्याउन चालेको कदमलाई काँग्रेसले स्वागत र समर्थन गरेको छ । सेनापतिलाई बलजफि्त हटाएर सेनाको मनोबल गिराउन खोजेको माओवादी नियतलाई राष्ट्रपतिको कदमले निरुत्साहित पारेको काँग्रेसको ठहर छ । परमाधिपति समेत रहेका राष्ट्रपतिले आफू मातहतका सेनाको तेजोबध हुन नदिन चालेको कदम संविधान विपरीत नरहेको निष्कर्ष पनि काँग्रेसले निकालेको छ । सेनापति प्रकरणले समग्र शान्ति प्रक्रिया,संविधान निर्माण लगायत मुलभुत राजनीतिक मुद्दा ओझेलमा पर्नसक्ने तर्फ पार्टी सचेत रहेको भन्दै काँग्रेसले त्यसका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसंगको छलफललाई तिव्रता दिने निर्णय पनि गरेको छ । नयाँ सरकारको लागि ठोस निर्णय नभएपनि अन्य दलको सहमतिका निर्णय गर्न सकिने काँग्रेस केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले जानकारी दिए ।