time

नेपालको समय

Tuesday, September 1, 2009

तेस्रो लिंगी र पत्तासाफ


एमाले अध्यक्ष झलनाथ खनालको पुर्पुरो पनि गजबकै रहेछ । ०३९ देखि ०४६ सम्म महासचिव भएर सरक्क नेतृत्व हस्तान्तरण गरेका उनलाई परमिार्जित नौलो जनवादका पक्षमा लागेकै कारण मदन भण्डारीले स्थायी कमिटीमा ल्याउनै चाहेनन् । उनी पनि केन्द्रीय कमिटीमै चित्त बुझाएर बसे । तर, पार्टीविरोधी गतिविधिमा लागेको भने सुन्न पाइएन ।यता, बुटवल महाधिवेशनबाट सानदार मत ल्याएर विजय प्राप्त गरे पनि उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले भने उनलाई लखेट्न छोडेकै होइनन् । त्यसो त पार्टीभित्र केपी ओलीको चलाखी धेरैले जानेबुझेकै हो । सातौँ महाधिवेशनपश्चात् विधान प्रकाशित गर्दा 'अधिकतम कार्यक्रम समाजवाद हुँदै साम्यवादसम्म'को ठाउँमा सुटुक्क साम्यवाद भन्ने शब्द निकाल्न लगाएर उल्टै माधव नेपाललाई माफी मगाएको दृश्य देखेका थिए एमाले कार्यकर्ताले । पछिल्लोपटक केपी ओलीले झलनाथ खनाललाई 'तपाईंलाई त तेस्रो लिंगी भन्छन् नि, के हो ?' भनेछन् । सन्दर्भ थियो, कामु प्रधानसेनापति छत्रमानसिंह गुरुङको नियुक्ति प्रक्रियामा विवाद भइरहेका बेलाको छलफल । सायद खनालको आफ्नै सरकारप्रति अभिव्यक्त धारणालाई लिएर ओलीले त्यो टिप्पणी गरेका थिए ।तर, धौलागिरिका एमाले कार्यकर्ताले भने केपी ओलीलाई बाँकी राखेनछन् । अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमका क्रममा त्यहाँ पुगेका उनलाई हुटिङ् नै गरेर फिर्ता पठाएछन् । बिचरा केपी लुरुक्क नफर्कून् पनि कसरी, महाधिवेशनपछि हालसम्म सम्पन्न पार्टीका पाँचवटा जिल्ला अधिवेशनको परण्िााममा पत्तासाफमै जो परेका छन् ।