time

नेपालको समय

Wednesday, August 26, 2009

प्रचण्डको अर्थपूर्ण मुस्कान

प्रचण्डको अर्थपूर्ण मुस्कान


प्रधानमन्त्री भएपछिको पहिलो भारत भ्रमणमा निस्िकएका माधवकुमार नेपालको फिका मुस्कानको तुलनामा युरोप भ्रमण सकेर आएका प्रचण्डको मुहारको तेज चहकिलो देखिन्थ्यो । मानौँ, आफूलाई सताइरहेका सबै समस्याको ओखती युरोपमा भेटे उनले ।बाँध, सीमा, जलविद्युत्, व्यापार आदि विवाद र समस्याहरूको पोको बोकेर भारततिर लागेका प्रधानमन्त्री माधवकुमार नेपाल हिँड्ने बेलामा परराष्ट्रमन्त्रीको भारत नजाने निर्णय आयो । यस्ता बेलामा प्रधानमन्त्रीले धौ फुकाएर मुस्काउने प्रश्न पनि थिएन । उता पुष्पकमल दाहालको अनुहारमा खुसी कतिसम्म पोखिएको थियो भने यसलाई बलपूर्वक रोक्नुपरेको भान हुन्थ्यो ।आफूले विषवृक्ष भनी उपमा दिएका प्रधानमन्त्री नेपालसँग स्वास्थ्यको कारण देखाई परराष्ट्रमन्त्री सुजाता कोइराला नगइदिनाले लाग्थ्यो, प्रचण्डको खुसी दोब्बर बनाइदिएको थियो ।संयोगवश प्रधानमन्त्री भारत भ्रमणमा निस्कने र युरोप घुमी प्रचण्ड फर्केर आउने दिन एकै परेछ । त्रिभुवन विमानस्थलमै उनले रमाइलो गरी टिप्पणी गर्ने मुद्दा भेटिहाले अनि पत्रकारहरूसँग भने परराष्ट्रमन्त्री नजानुले उहाँहरूबीच नै विवाद छ भन्ने कुराको पुष्टि भएको छ । हुनसक्छ, परराष्ट्रमन्त्री साँच्चै जान नसक्ने गरी बिरामी परेकी हुन् । बिचरी अस्ित मात्रै यात्रा सकेर आएकी, खानपिनमा केही गडबड भयो कि ! या यो पनि हुनसक्छ, कुनै राजनीतिक असमझदारीले उनको टाउको दुखाएको छ । तर, यहाँ त कुरा पर्‍यो प्रचण्डको मुस्कानको ।युरोप भ्रमणअघि अनेकौँ समस्याले घेरएिका उनी बेलाबेला टेन्सनमुक्त हुन उपत्यका वरपिरकिा रमणीय स्थल गएका कुरा पत्रपत्रिकामा आइरहन्थ्यो । कति समस्याले घेरएिका होलान् त उनी ! तर, के ती सबै समस्या ठेगान लागे त ? उनी नभएका बखत नेपालमा त त्यस्तो ठूलो केही भएको छैन, जसले नेपाल अवतरण गर्नेबित्तिकै उनलाई हर्षविभोर बनाओस् । उसो भए के उनले कुनै नयाँ मन्त्र सिकेर आएका छन् । त्यसैले त सबै पार्टीका शीर्ष नेताहरूसँग आत्मविश्वासका साथ कुरा गर्छु भनिरहेका छन् । अनि, आफू सरकार बनाउन हौसिएको पनि बताइरहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने छैन त उनले भनिसकेका छन् र उनको आत्मविश्वासले भरएिको मुख मुद्रा र मुस्कानले यो सरकार छिट्टै ढल्छ भन्नेतर्फ कमसेकम उनी एकदमै विश्वस्त रहेकोतर्फ संकेत गरेको छ । यदि त्यसो भएमा त्यसपश्चात् कसको नेतृत्वको सरकार बन्ला त ? प्रचण्डका बाबु-छोराले त माओवादीकै बन्ने लगभग घोषणा नै गरे । त्यो कसरी भने प्रचण्डले बेलारुसका सभामुख बाटुरालाई नेपाल भ्रमणको निम्तो दिए रे ! तर, बुबासँगै यात्रा सकिआएका प्रचण्ड-पुत्र प्रकाश दाहालले पत्रकारहरूसामु बाटुराले नेपालमा माओवादी सरकार बनेपछि मात्र आउने भनेको बताए ।बाटुराले निम्तो टारेका मात्रै भए त सायद नेपाल पुग्नेबित्तिकै त्यो प्रसंग कोट्याइने पनि थिएन । फेर ियुरोपको हावापानीमा पलाएको प्रचण्डको नौलो ऊर्जा र नवीन मुस्कानका साथ सबै दलका नेतासँग छलफल गर्ने जानकारी गहन नै हुनुपर्छ । नौ महिना सरकार चलाई सेनापति हटाउने वा राख्ने विवादमा राजीनामा गर्न पुगेका अध्यक्ष प्रचण्ड नौलो ऊर्जाका साथ सायद फेर िसरकार हाँक्ने सुरमा छन् । र, त्यसका लागि उनले युरोपबाट प्रचुर आत्मविश्वास बोकी ल्याएका छन् । पार्टीभित्रको किचलो, क्यान्टोनमेन्टमा रहेका लडाकूको अवस्था, आफूलाई आइलागेको राजनीतिक संकट, प्रतिद्वन्द्वीहरूको असहयोग आदि कुराले आत्मविश्वास डगमगाउन सक्ने स्िथतिमा पुगेका प्रचण्डको आत्मविश्वास युरोप गई आएपछि बढेको छ । उनले पत्रकारहरूलाई भने अनुसार संसारमा कम्युनिस्टहरू लोकपि्रय हुँदैछन् । तर, के यति मात्रैले उनलाई नेपाल टेक्नेबित्तिकै नयाँ सरकार बनाउनेतर्फ पहल गरहिाल्नेसम्मको ऊर्जा दियो होला त ? आफ्ना पि्रय नेता तथा आदर्श लेनिनको समाधिस्थल जान भनसुन गरेका नेता प्रचण्डले अन्य कुराका हकमा त्यसो गरेनन् भनी भन्न सकिन्न । उनको चौडा मुस्कानका पछि पनि अनेकौँ महत्त्वपूर्ण अन्तर्राष्ट्रिय राजनीतिक आश्वासन पनि हुन सक्छन् । नत्र अस्ित मात्र भारतले हाम्रो सरकार ढाल्यो भन्ने पार्टीका अध्यक्षले केही महिनाको अन्तरालमै फेर िआपmनो नेतृत्वको सरकार निर्माणको कुरा गर्ने थिएनन् । कम्तीमा प्रधानमन्त्री नेपालले भारतलाई के-के दिएर र भारतबाट के-के लिएर आउँछन् भनी पर्खन्थे ।जेहोस्, युरोप यात्रापछि मुहार धपक्क बलेका प्रचण्डको मुस्कान जति चौडा छ, त्यति नै अर्थपूर्ण पनि देखिएको छ । एमालेभित्रबाट आएका असन्तुष्ट आवाजहरू अनि युरोप भ्रमणबाट प्राप्त नौलो ऊर्जा र आत्मविश्वासलाई प्रचण्डले आफू र आफ्नो पार्टीको हितमा प्रयोग गरी छिट्टै धेरैलाई चकित पार्दै नेपाली राजनीतिमा नयाँ अध्यायको थालनी गर्न सक्छन् ।तर, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सबै नेपालीको मुहारमा प्रचण्डकै जस्तो सुरक्षित र आत्मविश्वासयुक्त मुस्कान हुनुपर्छ । चाहे त्यो प्रचण्डको युरोप भ्रमणले ल्याओस् या प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणले । नेता एक्लै मुस्कुराउने होइन, जनता पनि मुस्कुराउने र शान्तिको सास फेर्ने वातावरणको निर्माण गरनिु प्रमुख कुरा हो ।